टुक्रा चार

छाँँयालाई सोधेँँ, भाग्दै छु भन्यो।
अस्थित्वले भिक माग्दै छु भन्यो।

प्रतिबिम्ब फुट्छ वा एेना के थाहा?
दुर्भाग्यले निसाना ताक्दै छु भन्यो।

दौडायो जिन्दगिले, यसै दौडिँँए म,
उपहासले पसिना राख्दै छु भन्यो।

लाग्थ्यो समय बलबान छ, र सोधेँँ
तर उसले त ढुंगा चाख्दै छु भन्यो।

डम्म कुहिरो, जिन्दगिले काग बनाँँउदा,
उँँचो आवाजमा बेलले पाक्दै छु भन्यो।

3 comments

This comment has been removed by the author.

Going well with every single step brother..Make sure the trail is worth walking..Well done.

Reply

Thanks tons dai....in fact, the precise comments like yours are really inspiring me.

Reply

Post a Comment