टुक्रा तिन

बिदेशी चिट्ठाहरुको नतिजा पर्खिदैछन् युबाहरु, कठै मेरो देश !
देखि अनिश्चित भबिष्य, तर्शिदैछन् युबाहरु, कठै मेरो देश !

जलश्रोतमा मात्र कहाँ हो
र, सस्तो श्रमशक्तिको खानी भो राष्ट्र,
अकालमै काठको बाकसमा फर्किदैछन् युबाहरु, कठै मेरो देश !

सुन्दर सपना बन्धक राखेर, विकृत बर्तमान किने देखिन्,
आशाको शुष्क खरानी छर्किदैछन् युबाहरु, कठै मेरो देश !

अभाबको गृष्ममा पसिना रोपेर भबिष्य हुर्काउनलाई,
आँशुको बर्सात संगै दर्किरहेछन युबाहरु, कठै मेरो देश !

बिबेक सुन्य समाजमा, तालुकदारहरु चटके भइदिँदा ,
अन्यायको बाछिटा संग तर्किदैछन् युबाहरु, कठै मेरो देश !

Post a Comment