प्रतिफल

तिब्र गतिको दिनका प्रबेगहरु लाई,
सम्हालेर राख्दा राख्दै हैरान,
थकित सुर्य, आफ्नै बिदाईमा मृत्युसुन्य समयमा 
पश्चिम ढल्दै गर्दा,
तिमि मेरो लामो छाँया निरै थियौ।


शान्त, क्लान्त मनको तलाउमा, 
माया रुपी ढुंगा प्रहार गर्यौ,
तलाउ छचल्कियो, तरङ्ग उत्पन्न भयो।


तिम्रो तस्बिर चिन्नै सकिन। 

Post a Comment