आजकाल मेरो जुन म संगै हिड्छ,
खेतबारीमा, मृतुसुन्य पहाडका खोंचहरुमा,
चिम्साआँखा पारेर हेर्दा पनि हेरेर नसकिने लमतन्न फाँटहरुमा,
आफुलाई बिर्सेर बगिरहेरका खोलाका किनारहरु मा,
मसानका चिसा छिडीहरु मा।
मेरी प्रिय, तिम्रो जुन तिमिसंगै हि़ंडला,
तर म सँग आज सम्म हिडेकै छैन।
तिम्रो जुन,
त्यसैले,
तिमिसंगै राख।
औँसीका रातहरु मा मेरो जुन मलाई,
पुरै बिर्सिन्छ र आफ्नै जगतमा बिलिन हुन्छ।
मेरो केहि गुनासो छैन।
हरेक पुर्णिमा मा उ औँसीको सुन्न्यता लाई चिर्दै,
मुसुक्क हास्दै, म संगै आइपुग्छ!
मेरी प्रिय, तिमि मेरो जुन जस्तै,
कमसेकम नियमबद्द कहिले हुन्छौ ?

Post a Comment