पहिला तिनीहरु आए,
र, सपना सुनाएर गए !
मैलेपनि मेरो सपना
मिसांए !!
अलि पछी साथ माग्दै
आए,
समर्थनमा म आँफै ढाल
बनेर उभिए !
फेरीपनि तिनीहरु आए,
मतपत्र बोकेर !
आँखा चिम्लेर
ल्याप्चे ठोकीदिंए,
दाँया हातको बुढी
औंलाको !
उनीहरु हरेकपल्ट
आइरहे,
तर बदलामा केहि
कोशेली ल्याएनन,
वा ल्याउन सकेनन्,
वा ल्याएर दिएनन्,
र आफैले मात्र राखे !!!
सोच्दैछु,
यो पाली उनीहरु आए
भने
न मसंग दिने सपना
छन्,
न साथमा उभिने मन छ,
न त ल्याप्चेमा
सहिछाप लगाउन
बुढी औंला तयार नै छ
!!
Post a Comment