टुक्रा पाँच


अचम्म छ, जहाँ नेर मन्दिर छ, त्यहाँ मसान पनि छ!
उही ठाउँ हो जिबनको सुरुवात अनि अबसान पनि छ!

गरिब र बेरोजगार युबा केहि थान सपनामात्र किन्न सक्छ,   
सबै भन्दा सस्तो मोलमा राजनीति र मिठा भासण पनि छ!

एक जोडी कानहरु हरेक बिहान दुखद खबर संगै ब्युझिन्छ्न,
हेर्छु त्यहि भुमिमा र देख्छु बुद्धको जन्मस्थान पनि छ!

कस्सम, भुइचालो आएकै छैन र विभेदको धरहरा ढलेकै छैन,
कोहि चामल लिन लाईनमा, कहिँ फालाफाल रासन पनि छ!

सत्यले पिडा दिन्छ! कोई झुट बोकेर सगरमाथा चढ्छ अनि

झ्याली पिटाउँछ तर असल समाजको टुक्रा सुनसान पनि छ!

Post a Comment