पर्दा

शहरको कुनाकुनाबाट आएका,
विशिष्ट् अतिथीहरुको
आसनग्रहण संगै,
नाट्यघरमा अध्यारो छायो,
र पर्दा हट्यो।

बिना मन्च ब्यबस्थापन र बिना कलाकार,
मधुरो प्रकाश मन्चमा देखा पर्यो।

किनकि नाट्यशालाको,
मात्र सम्पति त्यहि पर्दा थियो!
जिबनको भ्रम जस्तै!!!

Post a Comment