सधैँ म हिँडिरहने बाटोको छेउपट्टि,
एउटा मानिस उभिएको
देख्छु,
शान्तपारामा, न उ
चल्मलाउछ,
न त कुनै अभिव्यक्ति
शिल्पको ब्यन्जनामा ब्यस्तहुन्छ।
उ अशान्त सहरमा
शान्त भएर,
चिच्याएट र कोलाहललाई
हेरिबस्छ!!
हरेक बिहानको लालीमा गुड छोडने
एक पन्छी कम्तिमा प्रत्येक
दिन सन्ध्यामा बिलिनहुनु अगाडी,
त्यो मानिसको स्थिर
हत्केलामा बस्छ, टुक्रुक्क।
चिसो सितबाट जिउ बचाउन
र
उत्तकट गर्मीमा छायामा
जिउ तन्काउन,
उसको लागि उ प्रिय बनिस्बस्छ,
तसैले त उसले प्रत्येक
चोटीको बसाईमा,
त्यस मानिसका निसब्द
नयनमा हेर्छ।
अनि जब उसले आफ्ना बिगतका
कथा सुनाउँछ,
गर्बिला त्यागका फेहरिस्त
सुनाउँछ,
अनि त्यो रंगिन चराले
आफना रंगिन कुरा बिर्सेर
श्रद्दाका दुई थोपा
झार्छ,
मनभरि प्रेम र
सहानुभूति बोकेर।
कहिले काँही ओहोरदोहोर
गर्दा देख्ने न हो,
त्यो मानिस र चरालाई,
अरुहरु जस्तै, मलाई
पनि त कहाँ छ र समय त्यो सबै बुझिबस्ने,
मलाई पनि त सित
छेक्ने मेरो गुँड बनाउनु छ,
त्यो रंगिन चराको जस्तै
चाराको खोजि गर्नु छ,
कोलाहल र चिच्याहटमा
आफ्नो मसिनो आवाज बिलिन गर्नु छ।
बस् जाँदा आउँदा, म
तिमीलाई देख्छु,
कुनै कार्यक्रमको
सुरुवाती केहि समयमा होस वा वर्ष दिनको पात्रोको संस्मरणमा होस,
तिम्रो याद आउछ, अनि
बिर्सिन्छु,
भूकम्पले भत्काएका घरहरु
जस्तै।
अनि देख्छु तिम्रो
निम्छरो सालिकको रंगहरु बिस्तारै उड्दै गरेको,
तिम्रो छेउका फुलहरुको सुबास हराउँदै गएको,
अनि निर्लज्ज
वर्तमान तिम्रो आँखाको डिलबाट खस्दै गरेको,
तसैले त प्रिय सहिद,
अचेल तिम्रो साथी त्यहि
चरा मात्र छ।
Post a Comment