एब मरिगनन एक लडाकु जस्तै थिए। एक गाउँले चर्चका पादरी उनि दुब्ला, अग्ला, संबेदनसिल र नैतिक रुपले दृढ थिए। आफ्ना विश्वासहरुमा अडिग थिए। आफुले भगवानलाइ नजिक बाट चिन्ने मात्र होइन कि भगवानका योजनाहरु र इच्छाहरु समेत बुझेको विश्वास उनीमा थियो।
एक दिन जब उनि आफ़ुबस्ने चर्चको बगैँचामा बिस्तारै हिँडिरहेका थिए, एउटा प्रश्न उनको मनमा आएर बस्यो," भगवानले त्यो कुराको किन सिर्जना गरे?" आफुलाई भगवानको ठाउँमा राखेर, उनले हर प्रश्नको उत्तर पत्ता लगाउने प्रयत्न गर्थे, र त्यसकुराको कारण पनि पत्ता लगाउथे। उनले कहिल्यै दिक्क भएर " हे भगवान तिम्रो रचना बुझ्न कस्तो गाह्रो" भनेनन। तर जहिल्यै आफू भगवानको सेबक भएको र हरेक कुराको कारण पत्ता लगाउनु पर्ने विश्वास उनि मा थियो।
उनीलाई प्रकृतिका हरेक कुराको सिर्जना पछाडी एक बिशिस्ट र प्रसंशायोग्य कारण लुकेको हुन्छ भन्ने लाग्थ्यो। "कहाँ" र "किनभने" जहिल्यै सन्तुलित छन् जस्तो कि हरेक बिहानी एक खुसि साथ उठ्नको लागि, हरेक दिन बालि पाक्नको लागि, वर्षात सिचाईको लागि, साँझ सुत्नको तयारीको लागि तथा रात आराम गर्नको लागि।
प्रत्येक ऋतुहरुले कृषि कर्म लाइ पूर्णता दिन्छन जसरि प्रकृतिका हरेक घटनाहरु योजना बिहिन हुदैनन। प्रकृतिका हरेक कुरा र घटनाको दैबी ब्याख्या गर्ने उनले मात्र महिला हरुलाइ घिर्णा गर्दथे, मन भित्रै बाट। प्राय भगवानलाइ उधृत गर्दै उनले भन्थे " स्त्री, मैले तिमीलाई के गर्नु ?" , र अझै थप्थे , " जब भगवानले महिलाको सिर्जना गरे उनि पनि आफ्नै सिर्जना देखेर आँफै दुखि भए।" महिलाहरु, उनि विश्वास गर्दथे कि , कबिले आफ्नो कवितामा बर्णन गरेको बालक भन्दा पनी बाह्र गुणा फोहोरी हुन्छन। पहिलो मानबलाइ पासोमा पार्ने पनि महिला नै हो, र आहिले पनि उनिहरुले त्यहि अपवित्र कर्म जारि राखेका छन् किनकि उनीहरु कमजोर, खतरनाक र रहस्यपूर्ण तरिकाले दुख दिने खालका छन। उनलाइ महिलाहरु को सरिर दानबिय लाग्थ्यो, र त्यो भन्दा अझबढी डरलाग्दो उनीहरुको प्रेमिल मन लाग्थ्यो। आफूमा प्रेमिल प्रतिरोधी भाबनाको बलियो प्रभाब भएको ठान्ने एब बेला बेला आफ्नै मन मा उत्पन्न हुने प्रेमीको जस्तै भाबनाले थकित थिए।
तर जे होस, उनको मनमा एउटा बलियो धारणा ब्याप्त थियो कि भगवान ले पुरुषहरु को बलियो सम्बेगात्मक परिक्षा लिन मात्रै महिलाहरुको सिर्जना गरेका हुन। त्यसैले त उनीहरुसंग हरेक चोटी साबधानी पुर्बक ब्यबहार गर्नु पर्दछ। बास्तबमै महिलाहरु लोभ्याउने पासोहरु जस्तै हुन, अंकमाल गर्न खोलिएका हात र चुम्बनका लागि तयार ऒठ लिएर बसेका।
एबको देखभेट हुने महिलामा त्यहि गिर्जाघरमा प्रार्थना र सेबा गर्न आउने भिझुणीहरु मात्र थिए, जो तिनीहरुको पबित्र प्रतिज्ञाले बाँधिएका थिए तापनि उनले ति भिझुणीहरु संग सामिप्यताको कुनै अंश नपलाओस भनेर सकेसम्म रुखो व्यवहार देखाउने गरेका थिए। उनले भिक्षुहरु भन्दा भिक्षुणिहरुमा भगवान प्रतिको आस्था र त्याग बढी नै देख्थे तै पनि उनीमा त्यो कुराले झनै दिक्दारी थपेको थियो किनकि आखिर त्यो स्त्रीहरु को भावना थियो। आफुले चेतावनी दिदै गर्दा मसिनो स्वर मा बोल्ने र आखा निहुर्याउने भिक्षुणिहरु बारे पनि उनि जानकार थिए।
र, त्यसपछि, उनि आफ्नो लामो कालो पोशाक झट्कार्दै त्यहाँ बाट फटाफट हिँडे।
त्यहि गाउँमा एबको बहिनि पनि बस्थिन, आफ्नो जवान छोरीको साथ। पादरीले आफ्नो भान्जीनानिलाई पवित्र भगवानको असल सेविका बनाउने ठुलो सपना देखेका थिए।
भान्जी शुन्दर, मुर्ख र चंचल थिई। जब एबले उनलाई पढाउन थाल्दथे, उ हासिदिन्थी; जब एब रिसाउँथे, उ आफ्नो अंकललाई अँगालो मारिदिन्थी अनि म्वाईखाईदिन्थी, जुन उनले पट्टकै चाहादैन थिए। जतिबेला उसले उनलाई अँगालो मारिदिन्थी, ठिक त्यहि बेला एबलाई आफु भित्र कतै रहेको एक बाबुको जस्तै स्नेहको भाब खुसि साथ जागृत भएको पाउँथे।
प्राय खेतहरुको बीच डुल्दै गर्दा एबले आफ्नी भान्जीलाई देवताको, अझ आफ्नै देवताको, बारेमा कुरा सुनाउथे। भान्जीले कमै मात्र उनको कुरा सुन्दथी, र आँखा भरि बाच्नुको खुसि लिएर घरि घरि आकाश तिर, घरि घरि घाँस तिर, अनि घरि घरि फुल हरु तिर हेर्दथी। अनि कहिले काँही त अलि अगाडी दौडिदै गएर उडिरहेको गाइनेकिरा समातेर ल्याउथी अनि भन्थी "अङ्कल हेर्नु न कति शुन्दर छ, म्वाई खाई दिउँ जस्तै। " अङ्कल लाई आफ्नी भान्जीको यहि लहडी कुराहरुले दिक्क बनाउथ्यो किनकि उनमा पनि महिला हुनुको गुण ब्याप्त थियो।
र, यस्तैमा एक दिन एबलाइ उनको गिर्जाघरमा सहयोगीको रुपमा काम गर्ने महिलाले अनौठो र अपत्यारिलो खबर सुनाइन - भान्जीको एक प्रेमी छ रे !
उनले एक डरलाग्दो अनुभूति गरे; घाँटी थिचिएको जस्तै भयो। दारी काट्दै थिए, गाला भरि साबुनको फिँज लतपतियो।
जब उनि सोच्न र बोल्न सक्ने अवस्थामा फर्के, आफैँ संग बोले, " यो कदापी हुन सक्दैन, मेलानी तिमिले ढाट्यौ। "
तर, मेलानीले आफ्नो हात छातीमा राखेर कसम खाई," यदि मैले ढाँटेको भए, भगवानले न्याय गरुन। उनि त आफ्नो प्रेमीसंग हरेक रात हजुरको बहिनि सुत्ने बित्तिकै खोलाको छेउमा भेट्न जान्छिन्। तपाईं आफैं रातको दश बजे पछि जानुहोस अनि हेर्नुहोस्।"
एबले आफ्नो दारी कन्याउन बन्द गरे अनि कोठामा वरपर हिड्न थाले, जस्तो उनि निक्कै गम्भीर बिषयबस्तु माथि सोच्दा गर्ने गर्थे। अलि पछि जब उनले आफ्नो दारी काट्न फेरी सुरु गरे, उनले आफ्नो कान र नाकको बिचमा मात्र तिन चोटी घाउ बनाए।
रिस र क्रोधले भरिएर, उनि दिनभर कसै संग नबोलेर बसे। एक पादरीको पबित्र धार्मिक उत्साहलाई प्रेमको शक्तिशाली बलले प्रहार गर्यो - एक बाबुको, एक शिक्षकको, एक पुजारीको, एक आत्माका साक्षीको नैतिक क्रोध उत्त्पन भयो जब उसलाई एक नानिले ढाँटीदिई अनि जिस्काई। बाबुलाई आफ्नो छोरीले आफुले आफ्नो जिबनसंगी आफैँ खोजि सकेको अचानक घोषणा गर्दा पर्ने जस्तै सबेगात्मक ठेस लाग्यो एबलाई।
सांझको खाना खाइसकेर पढ्ने प्रयास गरेपनी एबले पुन पुन एकाग्रता गुमाए; क्रोधको मात्रा बढ्दै गयो। जब घडीले रातको दश बजायो, उनि आफ्नो बसिराखेको ठाउँ बाट जुरुक्क उठे र आफुले सधै बिरामीहरुलाई रातको समयमा भेट्न जाँदा टेक्ने लौरी झिके। मोटो तर छोटो लौरीलाई बलियो गरि समाते अनि हावामा गोलो गोलो आकृति बन्ने गरि दुई तिन पटक घुमाए। हावामा उठाएको लौरीलाई संगैको मेचमा राखे, तर अचानक त्यो लौरी भुइँमा खस्यो।
बाहिर निस्किनु पर्यो भनेर ढोका खोल्न भनेर आँटेका मात्र के थिए, उनि संघारमै रोकिए जब उनले कहिल्यै नदेखेको पुर्णिमाको प्रकाशको सुन्दरता आफ्नै आँखा अगाडी देखे।
र, उनमा स्वप्नसाधक कबि र चर्चका मूल पुरोहितको जस्तो संवेगको सम्मोहन भएकोले गर्दा त्यो सुन्दर पुर्णिमाको प्रकाशले ध्यान विकेन्द्रित भएको अनुभब गरे।
उनको आफ्नो सानो बगैँचा - जहाँ हरियालीले मुर्झाएक फलफूलका बोटहरु बाटोको छेउ एक पंतिबद्द उभिएका थिए र सप्रेको लहरेफुल घरको पर्खाल मा चढिरहेको थियो - शान्त सुकोमल प्रज्वालताले नुहाएको थियो। त्यो बगैँचाले मिठो र स्वादिलो स्वास फेरिरहेको थियो, र यस्तो लाग्थ्यो कि बास्नादार मनहरुको लागि त्यो गज्जबको घुम्ने ठाउँ हो।
उनले लामो लामो स्वास लिन थाले जसरी पियक्कडले रक्सि घुट्काइ दिन्छ। अनि उनि सुस्तरी सुस्तरी त्यहाँबाट अगाडी बढे, भान्जी को बारेमा पनि बिर्सेर।
जब उनि अलि खुल्ला ठाउँमा आइपुगे, उनि टक्क अडिए र आफ्नो अगाडिको जमिन हेरेर सोचमग्न हुन थाले। रातको त्यो समय स्नेह मिश्रित चम्किलो प्रकाशले परिपूर्ण थियो। हरेक क्षण भ्यागुताहरुले आफ्नो ट्वार ट्वार आवाज निकाली रहेका थिए र पर कतै बुलबुल चराले सपना बोलाउने तालमा पुर्णिमाको उज्यालो मिसिएको सम्मोहनी गीत गाइरहेको थियो। यी दुवै मिश्रित लय प्रेमिल चुम्मनको लागि रचिएका जस्तै थिए।
एब अगाडी बढ्दै थिए, उनको साहसको मात्रा घटिरहेको थियो तर उनलाई त्यसको कारण केहि थाहा भइरहेको थिएन। एक्कासि शरीर थाकेको जस्तो भयो; कतै टुसुक्क बसौ जस्तो लाग्यो र त्यो भब्य सिर्जनाको लागि भगवानलाइ धन्यबाद दिउ जस्तो लाग्यो।
बगैँचाको तल्लो पाटो पट्टि खोलाको घुमाउरो किनार पछ्याउदै लहरै रुखहरु उभिएका थिए।ति बोटहरु संगै खोलाको पानीको संरक्षक बनेर सेतो तुवाँलो जुनको प्रकाशमा चाँदनी जस्तै टल्किरहेको थियो।
पादरी फेरी रोकिए, र शक्तिशाली संबेगको साथ आफैँ मन भित्रको गहिराइमा डुबिगए।
र, गहिरो शंका र ठम्याउन नसकिने अप्ठ्यारोपनले उनलाई गाज्यॊ: एउटा प्रश्न जो उनि सधै सोधिरहन्थे, त्यसको जन्म भर्खर भएजस्तो उनलाई लाग्यो। अहो भगवानले यो किन गर्नु भयो? जबकी रात त आराम गर्नको लागि, दिन भरको सबै थकान बिर्सनको लागि हो भने यो बिहान र दिन भन्दा पनि मनमोहक र शुन्दर किन? यो सम्मोहकी तारा, भाष्कर भन्दा पनि काव्यिक, यति बुद्दिमानी छ कि लाग्छ जसले हरेक बस्तुलाइ नरम र रहस्यात्मक बनाएको छ। आखिर यो किन आउँछ छाँया चम्काउन?
आखिर त्यो सुरीलो गायक रातमा आराम गर्न किन जादैन? यो अस्पट रातमा गित गाएर किन बसिरहन्छ?
यो संसार भरी छेकिएको घुम्टो किन बेरिएको? किन यो मुटुको अस्थिर स्पन्दन, यो आत्माको संवेग अनि शरीरको थकान?
किन यो मानिसले बिस्तारा मा सुतेर पनि अनुभब गर्न नपाउने सम्मोहनको प्रदर्शन? यो शुन्दर परिदृश्य, जो स्वर्ग बाट धर्तिमा झरेको कविता जस्तो छ, आखिर कस्को लागि त?
र पनि, एब ले यो कुरा कहिल्यै बुझेनन।
त्यतिनै बेला खेतहरुको छेऊ पट्टि, बोटहरुको फेदनिर चन्द्रमाको प्रकाशमा भिजेका एक जोडी छाँयाहरु देखा परे।
केटा केहि अग्लो थियो। उसको हात केटिको घाँटीसम्मै आईपुग्थ्यो। उसले बेलाबेलामा केटिको निधारमा चुम्बन गरिरहेको थियो। त्यो निर्जीव भू-तललाई उनीहरुले एक्कासी जिबन्त बनाइदिए, जसले उनीहरुलाई दैबी प्रकोष्ट भित्र घेरेको थियो। ति दुई जना एक सिङ्गो जीवन जस्तै देखिन्थे, जसको लागि त्यो शान्त र शौम्य रातको सिर्जना गरिएको जस्तो लाग्थ्यो। तिनीहरु अझै अगाडि बढ्दै गए, एबको नजिकै; भगवानले उनको प्रश्नको जिबन्त उत्तर पठाए जस्तै गरि।
एब शान्त भएर बसे तर उनको हृदयको गति तिब्र रुपमा बढी रहेको थियो। उनले सोचे कि यहाँ बाइबलको कुनै रुथ र बोज को कथा जस्तै कथा सिर्जना होस्। उनले मस्तिष्कबाटै संवेगहरुले सिंचिएको गितहरुको गित, जो सुकोमलता र प्रेमले भरिएको छ, गाउन थाले।
र, उनले आफैँलै उत्तर दिँदै भने," भगवानले यस्तो रातहरु मानिसहरुको प्रेमलाई ढाक्नको लागि बनाएका हुन। "
यो जोडी अझै अगाडी आई पुग्नु भन्दा नै, एबले त्यो ठाउँ बाट गिर्जाघर फर्किने निधो गरे। उनलाई अब पक्का भयो कि त्यो केटि उनको आफ्नै भान्जी हो र एक चोटी आफैँले भगवानले भनेको कुरा मानेको भए के हुन्थ्यो भनेर प्रश्न सोधे। यस्तो शुन्दर सिर्जना गर्ने भगवानले के प्रेम गर्न अनुमती नदेलान र?
र, भ्रम र लाजले भरिएर उनि त्यो ठाँउ छोडेर यसरि भागेकी मानौ उनि प्रवेश गर्न मनाहि गरिएको मन्दिरमा जबर्जस्त प्रवेश गरेका थिए।
- मोपाँशा